बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले संकल्प यात्रा : ओली आज नुवाकोट जाँदै

शनिबार, २३ मङ्सिर २०८०, ०७ : ३८
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ। नेकपा एमालेले सुरु गरेको संकल्प यात्राको क्रममा शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट जाने छन् ।
नेकपा एमाले जिल्ला कमिटीको आयोजनामा हुने सभालाई सम्बोधन गर्न एमाले ओली नुवाकोटको बट्टार बजार आइपुग्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए । एमाले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

ओली नुवाकोट जाने भएपछि सदरमुकाम बिदुरमा पार्टीको झण्डा र स्वागत गेटले सिंगारिएको छ । सभाको तयारीको लागि एमाले स्थायी कमिटी सदस्य बागमती प्रदेश इन्चार्ज गुरु बराल, पोलिटव्यूरो सदस्य तथा नुवाकोट इन्चार्ज अरुण नेपाल शुक्रबारनै नुवाकोट पुगेका छन् ।

एमाले अध्यक्ष ओली नुवाकोट दरबार र पृथ्वीनारायण शाहको शालिकस्थल देविघाट पनि अवलोकन गर्ने मैनालीले बताए । एमालेले सभाको लागि गाउँगाउँबाट कार्यकर्ता उतार्ने जनाएको छ ।  
धादिङको त्रिपुरासुन्दरी हुँदै अध्यक्ष ओली नुवाकोट सदरमुकाम आइपुग्ने र काठमाडौंको चिसापानी हुँदै आइतबार धुलिखेल पुग्ने कार्यसूची रहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप