शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान, भण्डारी, उपाध्याय र निरौलालाई सम्मान

सोमबार, २५ मङ्सिर २०८०, १३ : ४१
सोमबार, २५ मङ्सिर २०८०

दार्जिलिङ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी सिलगुढी दार्जिलिङले सर्जकहरू कृष्ण प्रधान, चन्द्र भण्डारी, डीआर उपाध्याय र अनिता निरौलालाई सम्मान गर्ने भएको छ । गुठीका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्ण गरेको हो । 

आकाशवाणी खरसाङको अनुमोदित गीतकार र फुटबल कमेन्टेटरसमेत रहेका सर्जक प्रधान विगत लामो समयदेखि सिर्जना र पत्रकारितामा समर्पित छन् । पेसाले अध्यापक प्रधानका कविता, गीत, हास्यव्यङ्ग्य, निबन्ध र समालोचना लगायत चालिस कृति प्रकाशित छन् । 

त्यस्तै चन्द्र भण्डारी लामो समयदेखि गीत, कविता, कथा, संस्मरण विधामा कलम चलाउँदै आएका सर्जक हुन् । भण्डारी गीत सिर्जना मात्र होइन आफैँ गीत पनि गाउँछन् । 
२०२४ सालदेखि साहित्य सिर्जनामा लागेका भण्डारीका ४०० भन्दा बढी कविता, ३०० भन्दा बढी गीत, २५ कथा, तीनवटा गीति एल्बम प्रकाशित छन् । 

सम्मानित हुने अर्का सर्जक डा. डीआर. उपाध्याय उपन्यास, कविता, गीत, कथा, विभिन्न विषयमा कलम चलाउँछन् । उनले १४ भन्दा उपन्यास, २०० भन्दा बढी गीत सिर्जना, सङ्ीत र गायन पनि गरेका छन् । उनले १३२ बढी विश्वकीर्तिमानी अवार्ड प्राप्त गरेका छन् ।

डा. उपाध्याय नेपालका लागि अमेरिका बुक अफ रेकर्ड युएसए, युरोपियान रेकर्ड बुक्स हङ्ग्री  र  द ब्रिटिस वल्र्ल रेकर्डस लन्डनको ब्रान्ड एम्बास्डर  पनि हुन् । 
सम्मानित सर्जक अनिता निरौलाले लघुकथा, नाटक, जीवनी, निबन्ध, अनुवाद, पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउँदै आएकी छन् । उनको ब्लयाक एन्ड ह्वाइट  सिक्किममा सङ्गीतभित्रकाहरू र साहित्यकार सानुभाइ शर्माको मोनोग्राफ कृतिहरू प्रकाशित छन् ।  

इन्डिया बुक अफ रेकर्डमा नाम लेखाउन सफल सर्जक निरौलाले शोभा राई खोजी पत्रकारिता पुरस्कार, प्रेस क्लब अफ सिक्किम र धब्ल्यु फ्याक्टरबाट ओम्यान एचिभर सम्मानलगायतका सम्मान र पुरस्कार पाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप