शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतीय संसद बैठक चलिरहेको समयमा दुई अज्ञात व्यक्ति प्रवेश गरेपछि...

बुधबार, २७ मङ्सिर २०८०, १४ : ००
बुधबार, २७ मङ्सिर २०८०

काठमाडौँ । भारतको संसद बैठकमा सुरक्षासम्बन्धी लापरबाही प्रकाशमा आएको छ । बुधबार लोकसभा बैठक जारी रहेको समयमा दुई अज्ञात व्यक्ति एक्कासी बैठक कक्षमा प्रवेश गरेपछि बैठक स्थगित गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरु दर्शक बस्ने कक्षबाट बैठक कक्षमा हामफालेर प्रवेश गरेका थिए । उनीहरुलाई सांसदहरु र सुरक्षाकर्मीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको बताइएको छ ।

कांग्रेस आईका सांसद अधीर रन्जन चौधरीका अनुसार दुई युवक ग्यालरीबाट हामफालेर बैठक कक्षमा प्रवेश गरे, उनीहरुले केही फ्याँकेका थिए, जसबाट ग्याँस निस्किएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप