विमानस्थलबाट सुनसहित भारतीय नागरिक पक्राउ
बुधबार, २७ मङ्सिर २०८०, १७ : १५
काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । १ सय ७० ग्राम तौल भएको सुन जस्तो देखिने धातुसहित भारतीय नागरिक ५० वर्षीय जितेन्द्र मूलचन्द बाबालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
एयर अरेबियाको उडानद्वारा सारजाहबाट काठमाडौँ आएका उनको साथबाट टाँक ३ थान, सिक्री १ थान र पत्थर जडित औँठी १ थानमा रहेको उक्त धातुसहित बरामद भएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण