माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उनले बताए । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन हुन सक्ने सापकोटाले विश्वास व्यक्त गरे ।
‘अब बस्ने पदाधिकारी बैठकबाट विशेष निर्णय हुनसक्छ । सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा गम्भीर छलफल गर्छौं’, बैठकबारे जानकारी दिँदै रातोपाटीसँग उनले भने ।
भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान आगामी पुस १६ गते सकिँदैछ । प्रचण्ड नेतृत्वको सरकारले पुस ११ गते एक वर्ष पुरा गर्दैछ । पछिल्लो एनसेल प्रकरणमा सरकार आलोचित भएको छ । मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म समायोजन समिति गठन भएको छैन । रूपान्तर अभियानको समय थप हुँदा मङ्सिरमा हुने भनिएको विधान सम्मेलन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण