आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

बिहीबार, २८ मङ्सिर २०८०, १६ : ०२
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेकपा(माओवादी केन्द्र) ले पदाधिकारी बैठक बोलाएको छ । पछिल्लो राजनीति अवस्था, विशेष रूपान्तरण अभियान, सरकारको एक वर्षे कार्यकाल, पार्टी एकता, विधान सम्मेलन लगायत विषयमा छलफल गर्न बैठक बोलाएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठक पुस ३ गते प्रधानमन्त्री निवास बालुवाटार बस्ने उनले बताए । सोही बैठकले बाबुराम नेतृत्वको नेसपासँग एकता प्रक्रिया अगाडी बढाउन एकता समायोजन समिति गठन हुन सक्ने सापकोटाले विश्वास व्यक्त गरे ।

‘अब बस्ने पदाधिकारी बैठकबाट विशेष निर्णय हुनसक्छ । सरकारको एक वर्षे कार्यकालको समीक्षा, अभियानको समीक्षा, पछिल्लो राजनीति अवस्था, विधान सम्मेलन, एकता समायोजन समिति लगायत विषयमा गम्भीर छलफल गर्छौं’, बैठकबारे जानकारी दिँदै रातोपाटीसँग उनले भने ।

भदौ १६ देखि सुरु भएको माओवादी विशेष रूपान्तरण अभियान आगामी पुस १६ गते सकिँदैछ । प्रचण्ड नेतृत्वको सरकारले पुस ११  गते एक वर्ष पुरा गर्दैछ । पछिल्लो एनसेल प्रकरणमा सरकार आलोचित भएको छ । मङ्सिर ६ गते एकताका लागि नेसपाले अध्यक्ष बाबुरामको नेतृत्वमा एकता समायोजन समिति गठन गरे पनि माओवादीबाट अहिलेसम्म  समायोजन समिति गठन भएको छैन । रूपान्तर अभियानको समय थप हुँदा मङ्सिरमा हुने भनिएको विधान सम्मेलन प्रभावित भएको छ ।   

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप