नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा
बुटवल । बुटवलमा हुने नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । आज साँझ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको तयारी पूरा भएको जानकारी दिइएको हो ।
बुटवल जेसीजको आतिथ्यमा रामनगरस्थित बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भोलि मङ्सिर २९देखि पुस २ गतेसम्म राष्ट्रिय महाधिवेशन चल्ने छ । महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ । महाधिवेशनको शुक्रबार दिउँसो २ बजे प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्ने कन्भेन्सन डाइरेक्टर तथा पूर्व अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।
बुटवल जेसीज स्वर्ण वर्षमा रहेको र नेपाल जेसीजको पनि ५० औँ राष्ट्रिय महाधिवेशनसँगै भएकाले दुवै सन्दर्भ मिलाएर बुटवलमा कार्यक्रम गर्न लागिएको हो ।
महाधिवेशनमा देशभरका नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि आउनेछन् भने मत भार भने १ हजार ४७६ रहेको पोखरेलले जानकारी दिए ।उद्घाटन कार्यक्रममा पर्यवेक्षक तथा अतिथि समेत गरी करिब ४ हजार बढीको सहभागिता रहने आतिथ्य शाखा बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माण व्यवसायी सङ्घ धनुषाद्वारा तालाबन्दी
-
इरान–कतार वार्ता : रोकिएका सम्पत्ति र अमेरिका–इरान सम्झौताबारे छलफल हुने
-
सुन र चाँदीको मूल्यमा सामान्य गिरावट
-
निजी अस्पताल र क्लिनिकहरूमा स्तनपान कक्ष अनिवार्य स्थापना गर्न निर्देशन
-
संविधान आएको एक दशक बित्यो तर आएन स्थानीय अदालत
-
राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण