दुई जना मिलेर १६ वटा मोटरसाइकल चोरी !
विराटनगर । मोरङ प्रहरीले अस्पताललगायत भीडभाड हुने स्थानबाट पटकपटक गरेर १६ वटा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
केही समययता विराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाइकल चोरी भइरहेको थियो । मोटरसाइकल चोरीको विषयमा प्रहरीलाई पनि पटकपटक खबर र निवेदन पुगेको थियो । सोही निवेदनका आधारमा प्रहरीले १६ वटा मोटरसाइकल चोर्ने दुई जनाको समूहलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालका अनुसार नोबेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्रीलगायतका स्थानहरूबाट हराएका १६ वटा मोटरसाइकल चोर्ने समूह पक्राउ गरेको हो ।
‘नोबेल अस्पतालबाट साइन मोटरसाइकल २ वटा, सुपर स्प्लेण्डर मोटरसाइकल २ वटा र अपाची मोटरसाइकल १ वटा, सेन्ट्रल मलबाट साइन मोटरसाइकल १ वटा, सुपर स्प्लेण्डर मोटरसाइकल २ वटा र पल्सर मोटरसाइकल १ वटा, कोशी अस्पतालबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा, गुद्रीबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा, मालपोत कार्यालयबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा, नापी कार्यालयबाट साइन मोटरसाइकल १ वटा र विराट टिचिङ अस्पतालबाट सुपर स्प्लेण्डर मोटरसाइकल १ वटा चोरी भएको पाइयो,’ प्रहरी प्रवक्ता दाहालले भने ।
चोरी गर्नेको खोजी गर्ने क्रममा प्रहरीले गत शुक्रबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा–६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन् । उनीहरूलाई प्रहरीले अवैध लागू औषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ १ ग्रामसहित पक्राउ गरेको हो ।
अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपर स्प्लेण्डर मोटरसाइकलको ब्लु बुकसमेत प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाइकल पनि चोरीको भएको प्रहरीले जनाएको छ । उनीहरूलाई मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण