एनसेलको खरिद विक्री तत्कालका लागि रोकिएको छ : मन्त्री शर्मा
काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले तत्कालका लागि एनसेल खरिद बिक्री रोकिएको बताएकी छिन् । राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठकले एनसेलको खरिद विक्री रोकेको जानकारी दिइन् ।
बैठकमा उनले भनिन् –'एनसेल आजियाटाले ८० प्रतिशत शेयर विदेशमा खरिद बिक्री भएको कुरा आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशमा हुनुहुन्थ्यो । प्रधानमन्त्री नेपाल फर्केपछि एनसेलबारे बुझ्दा पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठक रोकेको खरिद विक्री रोकेको छ ।'
विदेशमा शेयर खरिद-बिक्रीलाई नेपालको कानुनलाई कसरी हेर्छ, नेपालको कानुन अनुसार शेयर खरिद बिक्री भएको छ कि छैन भन्ने अध्ययनका लागि टङ्कमणि शर्माको नेतृत्वमा बनाइएको छानबिन समितिले दुरसंचार ऐन संशोधनको काम सुरु गरिसकेको उनले जानकारी दिइन् । एनसेलको तर्फबाट भने दूरसञ्चार प्राधिकरणमा कुनै जानकारी नआएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशको बजेट आज आउँदै : कुन प्रदेशको कति बजे ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण