मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

प्युठानमा बेसार प्रशोधन केन्द्र तयार, जापान सरकारले गर्‍यो हस्तान्तरण

मङ्गलबार, ०३ पुस २०८०, १५ : ११
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । जापानले प्युठान नगरपालिकामा बनाइदिएको बेसार प्रशोधन केन्द्र हस्तान्तरण भएको छ । आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुटा युताकाले प्युठान नगरपालिकालाई प्रशोधन केन्द्र हस्तान्तरण गरेका हुन् ।

जापान सरकारले हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्रको सञ्चालन ‘नेपाल राष्ट्रिय समूह’ले गर्नेछ । यो आयोजना निर्माणका लागि जापानको ग्रासरुट एण्ड ह्यूमन सेक्यूरिटी ग्रान्ट एसिस्टेन्स प्रोजेक्टले ८१ हजार १८० अमेरिकी डलर लगानी गरेको थियो ।

प्रशोधन केन्द्रको मूल्य लक्ष्य स्थानीयस्तरमा बेसारको उत्पादन बढाउने रहनेछ । यसका साथै प्युठान नगरपालिकाका र आसपासका किसानको व्यवसायीक खेतीका लागि सहयोगी हुने समेत बताइएको छ । यस क्षेत्रका किसानले अहिले पनि परम्परागतरुपमा बेसारको प्रशोधन गर्दै आइरहेका छन् ।

प्रशोधन केन्द्रको स्थापनासँगै प्युठान नगरपालिका र आसपासको किसानको उत्पादन क्षमता बढ्ने अपेक्षा गरिएको छ । यस्तै, प्रशोधन केन्द्रबाट आधुनिकरुपमा प्रशोधन हुँदा आम्दानी समेत बढ्ने बताइएको छ । फलस्वरु न्यून मूल्यमा बेसारलाई बिक्री गर्नुपर्ने बाध्यताबाट किसान मुक्ता हुनेछन् ।

कार्यक्रममा बोल्दै राजदूत युताकाले आयोजनाबाट स्थानीयबासीको आयआर्जन बढ्ने बताए । उनले स्थानीय किसानले बेसार खेतीबाट आयआर्जन बढाउनका साथै गुणस्तरीय उत्पादनमा समेत टेवा पुग्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप