एयरपोर्टबाट भन्सार छलीको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा
आइतबार, ०८ पुस २०८०, २० : ०७
_h7ExwhQy4t.jpg)
काठमाडौँ । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलीको कपडा बरामद गरेको छ । शनिबार चोरी पैठारीको आशंकामा २ सय १९ थान तयारी कपडा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
भद्रपुर विमानस्थलबाट यत्ति एयरलाइन्सको उडानमा कार्गो गरेर पठाइएको ७ पोका कपडा राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्रको टोलीले बरामद गरेको हो । विमानस्थलमा परिचालित सशस्त्रको इन्जेलिजेन्स ब्यूरोको सूचनाको आधारमा कपडा बरामद गरिएको डिएसपी थापाले जानकारी दिए ।
रुपन्देहीको देवदह नगरपालिका–७ बाट पनि सशस्त्रले बिलबिजकमा उल्लेख भएभन्दा धेरै सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सुरक्षा बेस बुटवलबाट खटिएको टोलीले लु.१ ष्ल ८२५८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सो सामान राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन
-
नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा