एयरपोर्टबाट भन्सार छलीको कपडा सशस्त्र प्रहरीको नियन्त्रणमा
आइतबार, ०८ पुस २०८०, २० : ०७
काठमाडौँ । सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलीको कपडा बरामद गरेको छ । शनिबार चोरी पैठारीको आशंकामा २ सय १९ थान तयारी कपडा बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डिएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
भद्रपुर विमानस्थलबाट यत्ति एयरलाइन्सको उडानमा कार्गो गरेर पठाइएको ७ पोका कपडा राजस्व अनुसन्धान विभागबाट खटिएको सशस्त्रको टोलीले बरामद गरेको हो । विमानस्थलमा परिचालित सशस्त्रको इन्जेलिजेन्स ब्यूरोको सूचनाको आधारमा कपडा बरामद गरिएको डिएसपी थापाले जानकारी दिए ।
रुपन्देहीको देवदह नगरपालिका–७ बाट पनि सशस्त्रले बिलबिजकमा उल्लेख भएभन्दा धेरै सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । सुरक्षा बेस बुटवलबाट खटिएको टोलीले लु.१ ष्ल ८२५८ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । सो सामान राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बञ्चरेडाँडामा २१ वर्षदेखि राज्यले विश्वासघात गर्यो : सांसद थपलिया
-
स्ट्रेट अफ होर्मुज पार गर्ने प्रयास गरेका दुई जहाजमाथि आक्रमण
-
वरिष्ठ उपाध्यक्ष डाँगीद्वारा उत्तम भ्लोन लामाको प्यानललाई भोट हाल्ने घोषणा
-
सम्पन्न बस्तीका नाममा भएको ठगी छानबिन होस् : सांसद अधिकारी
-
राज्य व्यवस्था समितिले गठन गर्यो ५ वटा उपसमिति
-
ज्ञानेन्द्र शाहीको टिप्पणी : अर्थमन्त्रीले किताब पढ्नुभयो, समाज र माटो बुझ्नुभएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण