बैंगलुरुमा प्रसाद खाँदा एकको मृत्यु, ७० जना अस्पतालमा भर्ना
बैंगलुरु । भारतको बैंगलुरुमा फुड पोइजनिङका कारण एक महिलाको मृत्यु भएको छ । त्यहाँको होसकोते भन्ने सहरमा डिसेम्बर २५ मा फुड पोइजनिङको घटनामा अरू ७० जना जति अस्पतालमा भर्ना गर्नु परेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले एक समाचारमा भनेको छ ।
स्थानीय मन्दिरमा बाँडिएको प्रसाद खाँदा फुड पोइजनिङ भएको आशङ्का गरिएको छ । अस्पतालमा भर्ना भएका केही बिरामी डिस्चार्ज भइसकेका छन् । अरूको भने उपचार चलिरहेको बताइएको छ । यो घटनाको स्वास्थ्य विभागले नजिकबाट निगरानी गरिरहेको बताइएको छ । झट्ट हेर्दा घटना फुड पोइजनिङकै भएपनि अनुसन्धान सुरुवाती चरणमा रहेकोले कारण पुष्टि भई नसकेको प्रहरीले बताएको छ ।
शनिबार होसकोते सहरमा रहेको एक मन्दिरमा मानिसहरूको ताँती लागेको थियो । त्यहाँ प्रसाद बाँडिएको थियो । भोलिपल्ट देखि केहीमा झाडापखाला र बान्ताको समस्या देखिएर अस्पताल नै भर्ना गर्नु पर्यो । यस्तै लक्षण देखिएर आइतबार मध्याह्न अस्पताल भर्ना भएकी एक महिलाको मृत्यु भयो ।
सहरका कयौँ अस्पतालमा ७० जनालाई भर्ना गरिएको थियो । प्रसाद नै नखाएका केही व्यक्तिहरूमा पनि झाडापखाला र बान्ताको समस्या देखिएर अस्पताल ल्याइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण