टेरामक्सकाे विषय टुङ्गो लगाउन शक्तिशाली समिति चाहिन्छ : गोकुल बास्कोटा
बुधबार, ११ पुस २०८०, १३ : ०२
१
काठमाडौँ । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिले टेरामक्सबारे विषय टुङ्गो लगाउन नसक्ने बताएका छन् । आजको लेखा समितिको बैठकमा बोल्दै समितिको छलफलले टेरामक्स खरिद प्रकरण टुङ्गो लगाउन नसक्ने बताएका हुन् ।
बास्कोटाले टेरामक्स प्रकरणमा छलफल र छानबिन गर्न शक्तिशाली समिति नै चाहिने समेत बताए । यस्तै खरी प्रक्रियासँग सम्बन्धित कागजात समेत सार्वजनिक गरिनुपर्ने उनको भनाइ छ । ‘अहिलेसम्म सक्कल प्रमाणपत्र झिकाउन पर्छ,’ उनले भने, ‘लेबनानको कम्पनीसँग खरिद गरिएको छ । भुक्तान साइप्रसमा गर्ने भनिएको छ ।’
यस्तै खरिद प्रक्रियाको कागजातमा नेओआलको मोबाइल डाटाबरे सम्पूर्ण तथ्याङ्क लेबनानी कम्पनीलाई दिने भनिएको छ । यसबारे प्रस्ट पारिनुपर्छ । यसबाहेक खरिद प्रक्रिया अधिकांश अपारदर्शिता देखिएको र यी सबै विषय टुङ्गो लगाउनुपर्ने बास्कोटाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
भैरहवाका क्रियाशील पत्रकार अरुण ज्ञवालीको ५४ वर्षको उमेरमा निधन
-
एमाले संविधान पुनरावलोकन कार्यदलको बैठक बस्दै
-
काठमाडौँ महानगरले बाइक एम्बुलेन्स चलाउने, १० प्रतिशत निःशुल्क उपचारमा कडाइ
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण