मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाले युक्रेनलाई थप २५ करोड डलर बराबरको सैन्य सहयता दिने

बिहीबार, १२ पुस २०८०, १२ : ०९
बिहीबार, १२ पुस २०८०

वासिङ्टन । ह्वाइट हाउसले युक्रेनका लागि २५ करोड अमेरिकी डलर बराबारको सैन्य सहायतालाई मन्जुरी दिएको छ । यसमा हवाई सुरक्षा, आर्टिलरी र साना हतियारका गोलीगट्ठा र एन्टी–ट्याङ्क हतियारहरू रहेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
अमेरिकाको संसद्ले अनुमति दिनुअघिको यो अन्तिम सैन्य सहायता हो । हाल यस विषयमा छलफलमा गतिरोध देखिएको छ ।

यसअघि युक्रेनले थप सैन्य सहायता नपाए युद्धमा आफ्नो प्रयास जोखिममा रहेको बताउँदै आएको थियो । अमेरिका र युरोपबाट थप सैन्य सहायतामा ढिलाइ हुँदा पूर्वमा युक्रेनको जवाफी कारबाही रोकिएको छ । अमेरिकी संसद्मा युक्रेनको युद्धमा समर्थन रहे पनि रिपब्लिकन पार्टीले थप सहयोगमा रोक लगाएको छ ।

युक्रेनलाई दिइने सैन्य सहयतामा सम्झौता गर्दा अमेरिका–मेक्सिको सीमामा थप कडाइ गर्ने विषयमा पनि सम्झौता गर्नुपर्ने अडान राखेका छन् ।  सांसदहरूलाई मनाउन युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले अमेरिकाको भ्रमण गरे पनि उनको प्रयास विफल भएको थियो । यसअघि युरोपियन युनियनको ५० अर्ब युरो बराबरको सहायता हंगेरीले रोको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप