जाडोमा किन सुन्निन्छन् हात खुट्टाका औँलाहरु ? यसबाट कसरी बच्ने ? (भिडियोसहित)
काठमाडौँ । जाडो महिनामा धेरैलाई हात खुट्टा सुन्निने समस्या हुन्छ । यो समस्यालाई धेरैले त एलर्जी भन्ने गरेका छन् ।
छालारोग विशेषज्ञ प्राध्यापक डा. धर्मेन्द्र कर्ण भन्छन् ‘जाडो महिनामा हात खुट्टाको औँलाहरु सुन्निनुलाई ‘चिलब्लेन्स’ भनिन्छ,’ उनी थप्छन् ‘सामान्यतया यसलाई एलर्जी भन्ने गरिएपनि यो एलर्जी होइन ।’
जाडो बढ्दै गएपछि हाम्रा रक्तनलीहरु साँघुरिन्छन् । साँघुरिने भएपछि शरीरको आफ्नै मेकानिजम अनुसार त्यो आफै फैलिन्छ । तर कसैकसैको चाँहि साँघुरिएको रक्तनलि त्यतिकै अवस्थामा नरहने डा. कर्ण बताउछन् । यो समस्या प्राय गरेर महिलामा देखिने र डाइटिंग गर्ने, पानी कम पिउने, झोलपदार्थ कम खाने, चुरोट खाने, थाईराईडको समस्या भएका व्यक्तिहरुमा अझ धेरै देखिन डा. कर्णको भनाई छ।
जाडोमा देखिने यो समस्यालाई सामान्य रुपमा लिन नहुने पनि उनको सुझाव छ । यो समस्या एक वर्षभन्दा धेरै अथवा हरेक वर्ष देखियो भने बाथ रोग र थाईराईडसँग सम्बन्धित हुन सक्ने डा. कर्ण बताउँछन् ।
डा. कर्णका अनुसार हात खुट्टा सुन्निने समस्याबाट बच्नका लागि धेरै पानी पिउने, झोलिलो पदार्थ धेरै खाने, न्यानो कोठामा बस्ने, पन्जा मोजा लगाउने, र हात खुट्टा बेलाबेलामा चलाइराख्ने गर्नुपर्छ । हात खुट्टा बेलाबेलामा चलाइराख्दा रक्तसंचार नियमित हुने हुनाले सहज हुन्छ ।
औँला सुन्निएपछि तातोमा सेकाउन चाँहि नहुने डा. कर्णको सुझाव छ । तातोमा सेकाउँदा त्यसले गर्दा झन् धेरै सुन्निने र फुट्ने हुन्छ । सुन्निसकेपछि मन तातो पानीमा नुन हालेर हात खुट्टा डुबाउँदा भने राम्रो हुने उनको सल्लाह छ ।
‘मोईस्ट हिट’ राम्रो हुन्छ तर ‘ड्राई हिटरले झन् समस्या बढाउने उनी बताउँछन् । मनतातो पानीमा हात खुट्टा डुबाउन हुन्छ तर आगोमा र हिटरमा सेकाउनु राम्रो होइन ।
मनतातो पानीमा हात खुट्टा डुबाएपछि तुरुन्तै ‘मोइस्चराइजर’ लगाइहाल्नुपर्छ । घाउ नै भइसकेको छ भने नजिकैको स्वास्थ्य संस्था वा चिकित्सकसँग गएर जाँच गराइहाल्न पनि डा .कर्णको सुझाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण