सन्दीपका वकिलले भने–जिल्लाको फैसला चित्त बुझेन, थप कानुनी उपचारका लागि उच्च अदालत जान्छौँ
काठमाडौँ । सन्दीप लामिछाने थप कानुनी उपचारका लागि उच्च अदालत जाने भएका छन् ।
जिल्ला अदालत काठमाडौँले शुक्रबार जबरजस्ती करणीको मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश शिशिरराज ढकालको इजलासले किशोरी साबालिग रहेको ठहर गरेको थियो ।
अदालतको आदेशपछि सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका हुन् ।
उनले भनेका छन्,'सम्मानित अदालत र माननीय न्यायाधीशको स्वतन्त्रता र सक्षमतामा हामीलाई अटल आस्था, भरोसा र विश्वास छ । क्रिकेटर सन्दीप लामिछानेको हकमा काठमाडौँ जिल्ला अदालतबाट दोषी ठहर हुने गरी भएको फैसलामा हाम्रो चित्त बुझेको छैन । हाम्रो पक्ष दोषी होइन भन्ने कुरामा हामी विश्वस्त भएको हुँदा थप कानुनी उपचारका लागि हामी उच्च अदालत जानेछौँ ।'
यस्तै उनले काठमाडौँ जिल्ला अदालतले सजाय निर्धारणलगत्तै यथासम्भव छिटो फैसलाको पूर्णपाठ तयार पारी उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण