सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

लुटनको कम्ब्याकलाई रोक्दै चेल्सीको जीत

शनिबार, १४ पुस २०८०, २१ : २७
शनिबार, १४ पुस २०८०

लण्डन । लुटनको पुनरागमनलाई रोक्दै चेल्सीले प्रिमियर लिगमा रोमाञ्चक जीत हासिल गरेको छ । शनिबार भएको खेलमा चेल्सी ३–२ गोलले विजयी बनेको हो ।

पहिलो हाफमा २–० को अग्रता बनाएको चेल्सीले खेलको अन्त्यतिर दुई गोल खाँदै तनावपूर्ण खेल अन्त्य गरेको थियो । खेलको ८० औँ मिनेटमा लुटनका रोस बार्क्ली र ८७ औँ मिनेटमा इलेजा अडेबायोले गोल गर्दै चेल्सीलाई दबाबमा राखेका थिए ।

यसअघि पहिलो हाफमा  कोल पाल्मर र नोनी माडुएकेले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पाल्मरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । लिगमा यो सिजन उनको यो आठौँ गोल थियो ।

जीतपछि चेल्सी २० खेलबाट २८ अङ्कसहित १० औँ स्थानमा कायम छ । लुटन भने १५ अंसहित रेलिगेसन जोनमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप