कांग्रेसका मन्त्रीहरूसँग महामन्त्री थापाले मागे ८ महिनाको रिपोर्ट
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई ८ महिनामा गरेका ८ कामको विवरण माग गरेका छन् । बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठकमा उनले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई नागरिकको जीवन परिवर्तन हुने गरी ८ महानामा गरेका ८ कामको विवरण माग गरेका हुन् ।
महामन्त्री थापाले अब एक वर्षमा सरकारमा बसेर गर्ने कामको लक्ष्य निर्धारण गर्नुपर्ने बताए । उनले ती लक्ष्य पुरा नगर्ने मन्त्री परिवर्तन गर्नुपर्ने पनि बताए । अरू पार्टीसँग मिसन ८४ भन्न छुट रहेको भन्दै उनले कांग्रेससँग त्यो छुट नरहेको बताए ।
उनले छलफल गरेर नीति अधिवेशनबाट मिसन गुणस्तरीय शिक्षा, मिसन सर्बसुलब स्वास्थ्य, मिसन मर्यादित रोजगारी तय गर्नुपर्ने बताए । ४ वर्षमा यी कुरा पुरा गरेर जनतासामु जानुपर्ने उनले बताए ।
महामन्त्री थापाले पार्टीभित्र सरसल्लाह नगरी पार्टीको धारणा भनेर गठबन्धनको बैठकमा निर्णय गर्न नहुने पनि बताए । त्यस्तो निर्णयको भारी निर्णय गर्ने एक्लैले बोक्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीको क्षेत्रकेन्द्रित बजेटमाथि प्रश्न, मुख्यमन्त्रीले भने, ‘नीतिविपरीतका योजना लागू हुँदैनन्’
-
प्रथम महाधिवेशनमै वैधानिकतामाथि उठ्यो प्रश्न
-
मानवअधिकार संरक्षणमा समस्या : अध्यक्ष मगर
-
चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट
-
बागमतीको बजेटमाथि बहस : मन्त्रालय कटौतीको प्रशंसा, कार्यान्वयनमा आशंका
-
युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी हुँदा नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण