राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति अर्थ समितिकाे ध्यानाकर्षण
सारांश
- अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख नभएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- समितिले तथ्य र तथ्याङ्क सहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएकोमा राष्ट्र बैंकले अपूर्ण प्रतिवेदन पेश गरेको थियो।
- समितिले मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय समेत गरेको छ।
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सिंहदरबारमा मङ्गलबार बसेको समिति बैठकले तथ्य तथ्याङ्कका सहित संक्षिप्त प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिइएकोमा नेपाल राष्ट्र बैंकबाट प्राप्त प्रतिवेदनमा अपेक्षित विषय उल्लेख भएको नपाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
समितिको यही असार ५ गते बसेको बैठकले तथ्य र तथ्याङ्क सहितको प्रतिवेदन पेस गर्न बैंकलाई निर्देशन दिएको थियो।
तर निर्देशन बमोजिम अपेक्षित विषय उल्लेख नै नगरी प्रतिवेदन प्राप्त भएकाले यसअघिको निर्देशन बमोजिम माग गरिएका विषय स्पष्ट खुलाई पुनः प्रतिवेदन समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय भएको समिति सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले राष्ट्र बैंकको प्रतिवेदन अपूर्ण भएकाले पुनः प्रतिवेदन माग गर्नुपर्ने धारणा राखेका थिए । बैठकले मौद्रिक नीतिका सन्दर्भमा विज्ञ र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण