अभिनेत्री उषा रजकको गुनासो : मलाई ‘ह्यारेसमेन्ट’ भयो, प्रहरीको सहयोग मिलेन
काठमाडौं । अभिनेत्री उषा रजकले आफूलाई ह्यारेसमेन्ट भएको बताएकी छिन्। मंगलबार सामाजिक संजाल फेसबुकमा एक पोष्ट गर्दै अभिनेत्री रजकले यस्तो बताएकी हुन् ।
यसबारेमा प्रहरीलाई जानकारी गराएपनि सहयोग नमिलेको उनले बताइन् ।
‘मलाई हिजो संजोक कार्की भन्ने एक ब्यक्तिले फ्रेन्ड रिक्वेस्ट पठाए । धेरै जना कमन (साँझा) फ्रेन्ड देखेर फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेँ’, उनी अगाडि भन्छिन् ‘बेलुका घरी–घरी फोन गर्नु भयो ।’
ती व्यक्ति(कार्की)ले हाइ लेखेर म्यासेज पठाएपछि आफूले पनि हाइ लेखेको उनले बताइन् । आफूले उक्त म्यासेजको रिप्लाई गरेपछि रातिको समयमा फोन गरेर ह्यारेसमेन्ट गरेको उनी बाउँछिन् ।
‘मलाई झनक्क रिस उठ्यो । फेसबुकमा हाइ भनेँ भन्दैमा राति राति फोन गरेर ह्यारेस गर्न मिल्छ ? छोरी मान्छेलाई यसरी फोन गर्दा राम्रो लाग्छ ?’ उनले भनेकी छन् ‘त्यसपछि साइबर प्रहरीलाई फोन गरेर आफूले जानकारी गराएँ ।’
प्रहरीले यस बिषयमा रिपोर्ट गर्न नमिल्ने भन्दै ती व्ययक्तिलाई ब्लक गरिदिन सुझाएको अभिनेत्री रजकले बताइन् । उनले यस्ता बिषयमा कानून कडा बनाउनुपर्ने सुझाव समेत दिएकी छन् ।
आफूलाई फोन गर्ने व्यक्ति गृहमन्त्री सुधन गुरुङका पीएको भाइ भएको समेत अधिनेत्री रजकको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी
-
रास्वपाकाे केन्द्रीय सदस्यबाट नाम हटाइएपछि के भने सोम शर्माले ?
-
सवारीसाधनको कालो सिसा हटाउन ७ वटै प्रदेशमा सर्कुलर
-
सुस्तावासीको पीडा, ‘देशका लागि गोली खायौँ, नागरिकता पाएनौँ’
-
बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
-
होटल–रेस्टुरेन्टमा गृह मन्त्रालयको कडा एक्सन, गुणस्तरहीन खाद्य बेच्नेलाई हदैसम्मको कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण