सिक्किममा साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा नेपाली महिला पक्राउ
गान्टोक । साम्प्रदायिक अशान्ति मच्चाउन खोजेको आरोपमा भारतको सिक्किममा शनिबार एक नेपाली भ्लगर पक्राउ परेकी छन् । पक्राउ पर्नेमा खोटाङ जिल्ला घर भएकी उमा चाम्लिङ राई रहेकी छन् ।
सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको एक सदस्य शिला राईको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ । आगामी २०२४ को चुनावलाई लक्षित गरेर राईले सिक्किम आएर यहाँका जनतामाझ साम्प्रदायिक हिंसा र आतङ्क मच्चाउन खोजेको आरोप लगाइएको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार राईले केही दिनअघि सामाजिक सञ्जालमा सिक्किमका राई समुदायका नागरिकहरूलाई आफ्नो अधिकारका लागि उभिन आह्वान गरेकी थिइन् । शिला राईले यो भिडियो देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन् ।
उनीमाथि इन्डियन पेनल कोडको १५३ए, १५३–बी र ५०५ अन्तरगत मुद्दा दर्ता गरिएको छ । उनलाई थप पाँच दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन एरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
-
भुटान केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प: नेपालसहित पाँच देशमा धक्का महसुस
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण