आन्तरिकतर्फका अधिकांश विमानस्थलमा उडान प्रभावित
मङ्गलबार, १७ पुस २०८०, १० : ०६
काठमाडौँ । बाक्लो हुस्सुका कारण देशभरका विमानस्थलमा उडान प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलका अनुसार पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा लगायतका अधिकांश विमानस्थलमा उडान प्रभावित भएको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार बिहान १० बजेसम्मको समयमा नेपालगन्ज, सुर्खेत, लुक्ला र भोजपुरको फाप्लु विमानस्थलमा मात्रै उडान भएको छ । त्यसबाहेक तराईका सबै र पोखरा लगायतका पहाडी क्षेत्रका विमानस्थलमा पनि उडान भर्न सकिएको छैन ।
काठमाडौँ विमानस्थलमा भने कुनै समस्या नरहेको प्रवक्ता झाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण