शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँबाट जुवातास खेल्ने १६ जना पक्राउ

मङ्गलबार, १७ पुस २०८०, ११ : ५६
मङ्गलबार, १७ पुस २०८०

काठमाडौँ  । काठमाडौँका विभिन्न ठाउँबाट जुवातास खेलेको आरोपमा १६ जना पक्राउ परेका छन् । काठमाडौँका गोकर्णेश्वर नगरपालिका लगायतका स्थानबाट प्रहरीले १६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

सोमवार राति गोकर्णेश्‍वर नगरपालिका–९ गोकर्ण भगवती स्थानस्थित सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ घर भएका ४४ वर्षीय दुर्गालाल तामाङको टहरामा जुवातास खेलिरहेका तामाङसहित ८ जनालाई  पक्राउ गरेको छ ।  

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै काठमाडौँ महानगरपालिका–१७ कालधारास्थित नेष्ट अपार्टमेन्टमा बस्ने काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएका ३३ वर्षीय हिमाल तामाङको कोठामा जुवातास खेलिरहेका तामाङसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६२ हजार ९ सय रुपैयाँ र १ बुक ताससहित सोमवार राति पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप