काममा फर्किए अध्यागमन कार्यालयका कर्मचारी, भोलि गृहमन्त्रीलाई भेट्ने
काठमाडौँ । भिजिट भिसामा मानव तस्करी प्रकरणमा प्रहरीले अनावश्यक धरपकड गरेको भन्दै हडतालमा उत्रिएका विमानस्थलका कर्मचारीहरुले भोलिसम्मका लागि आफ्नो आन्दोलन स्थगित गरेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीले बुधबार ३:३० बजेदेखि हडताल सुरु गरेका थिए ।
कर्मचारी आन्दोलित भएपछि महानिर्देशक रुद्रसिंह तामाङ पुगेर छलफल गरेका हुन् । छलफलमा भोलि बिहान ११ बजे गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गर्ने सहमति भएको छ। सहमतिसँगै कर्मचारीहरु काममा फर्किएका छन् ।
विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीको स्वतन्त्र रूपमा कामकाज गर्न पाउनुपर्ने माग रहेको छ । यसअघि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अन्य कर्मचारीमाथि पनि पक्राउ पुर्जी आएपछि कर्मचारीहरू आन्दोलित भएका हुन् ।
आज आधा कर्मचारीले मात्रै काम गरेका थिए । अध्यागमनका २४ मध्ये ६ वटा काउण्टर मात्रै चलाइएकाे थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण