प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउँदै सरकार
काठमाडौँ । प्रदेश सरकारहरूले लगातार दबाब बढाउन थालेपछि संघीय सरकारले प्रहरी हस्तान्तरणमा रहेका कानुनी बाधा फुकाउन छलफल थालेको छ । सातवटै प्रदेशका मुख्यमन्त्री र आन्तरिक मामिला मन्त्रीहरूले प्रहरी समायोजन नगरिए आन्दोलन गर्ने धम्की दिएपछि संघीय सरकार कानुनी व्यवस्था मिलाउन जुटेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रहरी समायोजन यथाशक्य छिटो टुङ्ग्याउन तयार भएको स्रोतले बतायो । 'संघीयतालाई बलियो बनाउन प्रहरी समायोजनको काम छिटो टुङ्ग्याउन गृहमन्त्री सहमत हुनुहुन्छ । प्रधानमन्त्रीसँग पनि यस विषयमा पर्याप्त छलफल भएपछि अहिले कानुनी बाधा फुकाउन अध्ययन भइरहेको छ,' गृहमन्त्री श्रेष्ठको सचिवालय स्रोतले भन्यो, 'अहिले गृह प्रशासन सुधार अध्ययन कार्यदल र मन्त्रालयकै आन्तरिक टिमले यसमा काम गरिरहेको छ ।'
गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रहरी समायोजनसँग सम्बन्धित कानुनको मस्यौदा निर्माण भइरहेको बताए । उनले भने, 'संघीय प्रहरी ऐन, प्रहरी कर्मचारी समायोजन ऐन संशोधन, स्थानीय प्रशासन ऐनलगायत प्रहरी समायोजनसँग अन्तरसम्बन्धित कानुनको एकैसाथ मस्यौदा भइरहेको छ ।' गृहमन्त्री श्रेष्ठले कानुनी मस्यौदा तयार गर्ने जिम्मा पूर्वमुख्यसचिव लीलामणि पौड्याल नेतृत्वको अध्ययन कार्यदललाई सुम्पिएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ०१८ सालमा गेष्टहाउस चौर काण्डमा मारिएका १८ र बेपत्ता पारिएका १५ जना
-
‘मुन्ना भाई एमबीबीएस’ र ‘३ इडियट्स’ को सीक्वलबारे निर्देशक हिरानी के भन्छन् ?
-
२५ लाख रुपैयाँ मुनिका योजना नल्याउने सुदूरपश्चिम सरकारको निर्णय कागजमै सीमित
-
‘नेपाल–स्पेन बिजनेस फोरम २०२६’ सम्पन्न : व्यापार र लगानी सहकार्य बढाउन जोड
-
काँकरभिट्टा नाकामा एकीकृत जाँच एकाइ पुनः सञ्चालन
-
सुदूरपश्चिम प्रदेश : बजेट नसच्याए सरकार छाड्ने एमालेको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण