म्याग्दीको मालिकामा ढुंगा प्रहार गरेर एक जनाको हत्या
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुङ्गा (छपनी) को प्रहार गरेर एकको हत्या भएको छ भने दुई जना घाइते भएका छन् । छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार मनिषाकी सात वर्षीया नातिनी प्रियङ्का गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए ।
मनिषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियङ्का र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाइ भागेका स्थानीयको भनाइ छ । घाइते दुवैलाई थप उपचारका लागि दरवाङबाट हेलिकप्टरमा पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको प्रनाउ कुँवरले जानकारी दिए।
उनका अनुसार दरवाङ प्राथमिक उपचार केन्द्रमा सामान्य उपचार गरी पोखरा पठाइएको हो । प्रियङ्काको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रनाउ कुँवरले जानकारी दिए ।
घटनाको विस्तृत अध्ययन र अनुसन्धानका क्रममा रहेकाले पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण