संसदमा दुई सातामा एक पटक प्रधानमन्त्रीले जवाफ दिनुपर्ने : सभामुख
सभामुख कृष्णबहादुर महराले सरकारलाई संसदप्रत्ति उत्तरदायी बनाउने प्रयास शुरु भएको बताएका छन् ।
यसका लागि दुई सातामा एक पटक प्रधानमन्त्रीले र एक सातामा दुई मन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था पनि गर्न लागेको उनले जानकारी दिए ।
संसदीय मामिलामा समाचार लेख्ने पत्रकारसँग बुधवार अन्तक्रिया तथा भेटघाट गरेका सभामुख महराले जनताका आवाज संसद मार्फत प्रतिनिधित्व हुने हुँदा सरकारलाई जवाफदेही बनाउन लागेको बताए ।
विगतमा राजनीति घटनामा अल्झने गरेको संसदमा अब भने राजनीतिक विषयमा कम छलफल हुने उनले बताए ।
प्रतिनिधि तथा राष्ट्रियसभाले संयुक्त रूपमा कार्य गर्नु परेकोले संसद नियमावली बन्न ढिलो भएको उनको भनाई छ ।

जेठको १५ मा बजेट आउने भएकोले त्यसको दुई साता अघि देखि संसद शुरु हुने सभामुख महराले बताए ।
संसदको लागि अधिकतम विधेयक मन्त्रालयबाट मगाउने काम भइरहेको उनले बताए ।
सभामुख महराले संसदीय समिति सकेसम्म कम गर्ने प्रयत्न हुने बताए ।
प्रदेश सरकारका लागि आवश्यक कानुन नबनेकाले अन्यौल पैदा भएको उनको भनाई थियो ।
सभामुख महराले आगामी दुई वर्षमा संसद्को भवन बन्ने गरी प्रक्रिया अघि बढेको बताए । सिंहदरवारकै पुतलीबगैंचामा संसद्को लागि उपयुक्त स्थान छनोट भएको उनले बताए ।
उनले सभामुखमा निर्वाचित भएपछि माओवादीबाट राजीनामा गरेको बताए । तर, स्वीकृति भए नभएको जानकारी नभएको बताए ।
सभामुख महराले सभामुखका रूपमा सन्तुलित भूमिका निर्वाह गर्ने जनाए ।
अन्तक्रिया कार्यक्रममा संसदिय रिपोर्टिङका क्रममा भएका समस्या पत्रकारले सभामुखलाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण