सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा दुई सातामा एक पटक प्रधानमन्त्रीले जवाफ दिनुपर्ने : सभामुख

बुधबार, २८ चैत २०७४, १५ : ४४
बुधबार, २८ चैत २०७४

सभामुख कृष्णबहादुर महराले सरकारलाई संसदप्रत्ति उत्तरदायी बनाउने प्रयास शुरु भएको बताएका छन् ।

यसका लागि दुई सातामा एक पटक प्रधानमन्त्रीले र एक सातामा दुई मन्त्रीले संसदमा जवाफ दिनुपर्ने व्यवस्था पनि गर्न लागेको उनले जानकारी दिए । 

संसदीय मामिलामा समाचार लेख्ने पत्रकारसँग बुधवार अन्तक्रिया तथा भेटघाट गरेका सभामुख महराले जनताका आवाज संसद मार्फत प्रतिनिधित्व हुने हुँदा सरकारलाई जवाफदेही बनाउन लागेको बताए । 

विगतमा राजनीति घटनामा अल्झने गरेको संसदमा अब भने राजनीतिक विषयमा कम छलफल हुने उनले बताए । 

प्रतिनिधि तथा राष्ट्रियसभाले संयुक्त रूपमा कार्य गर्नु परेकोले संसद नियमावली बन्न ढिलो भएको उनको भनाई छ । 


जेठको १५ मा बजेट आउने भएकोले त्यसको दुई साता अघि देखि संसद शुरु हुने सभामुख महराले बताए । 

संसदको लागि अधिकतम विधेयक मन्त्रालयबाट मगाउने काम भइरहेको उनले बताए । 

सभामुख महराले संसदीय समिति सकेसम्म कम गर्ने प्रयत्न हुने बताए ।

प्रदेश सरकारका लागि आवश्यक कानुन नबनेकाले अन्यौल पैदा भएको उनको भनाई थियो ।

सभामुख महराले आगामी दुई वर्षमा संसद्को भवन बन्ने गरी प्रक्रिया अघि बढेको बताए । सिंहदरवारकै पुतलीबगैंचामा संसद्को लागि उपयुक्त स्थान छनोट भएको उनले बताए । 

उनले सभामुखमा निर्वाचित भएपछि माओवादीबाट राजीनामा गरेको बताए । तर, स्वीकृति भए नभएको जानकारी नभएको बताए ।

सभामुख महराले सभामुखका रूपमा सन्तुलित भूमिका निर्वाह गर्ने जनाए ।  

अन्तक्रिया कार्यक्रममा संसदिय रिपोर्टिङका क्रममा भएका समस्या पत्रकारले सभामुखलाई जानकारी गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप