सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
काेशीकाे किचलाे

सभामुखको टुङ्गो लगाउन जुटे कोशीका दलहरू

सभामुख लिने राप्रपाको निर्णय
मङ्गलबार, २४ पुस २०८०, १० : २७
मङ्गलबार, २४ पुस २०८०

विराटनगर । कोसी प्रदेशमा सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानैदेखि  चलिरहेको छ। कोसी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको हो । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा एमाले दलको बैठक पनि जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए । 

यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मंगलबार बिहान बसेको बैठकले सो निर्णय गरेको एक सांसदले बताए । उम्मेदवार टुङ्गाएका छौँ ती सांसदले भने कार्यसूची तय नभएसम्म सार्वजनिक गर्दैनौँ । 

बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । पार्टीले सभामुखमा अम्बर विष्टलाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ।

एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आज बस्ने संसद्को बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप