सभामुखको टुङ्गो लगाउन जुटे कोशीका दलहरू
विराटनगर । कोसी प्रदेशमा सभामुखको टुङ्गो लगाउन सत्तारुढ र प्रमुख प्रतिपक्षी दलको बैठक बिहानैदेखि चलिरहेको छ। कोसी प्रदेशसभा सचिवालयमा प्रमुख दलहरूको संसदीय दलको बैठक चलिरहेको हो । नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । राप्रपा संसदीय दलको बैठक भने भर्खरै सकिएको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमाले दलको बैठक पनि जारी छ । नेपाली कांग्रेस संसदीय दलको बैठकले सभामुख चयन प्रक्रिया लगायत विषयमा छलफल गर्ने सांसद अमृत अर्यालले जानकारी दिए ।
यता राप्रपाले भने दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको छ । दलको मंगलबार बिहान बसेको बैठकले सो निर्णय गरेको एक सांसदले बताए । उम्मेदवार टुङ्गाएका छौँ ती सांसदले भने कार्यसूची तय नभएसम्म सार्वजनिक गर्दैनौँ ।
बैठकमा राप्रपा प्रदेश समितिका सभापति राम थापा सहित पदाधिकारसमेत सहभागी थिए । सत्ता गठबन्धनले सभामुख राप्रपालाई दिएर अघि बढ्ने तयारी गरिरहेको छ । पार्टीले सभामुखमा अम्बर विष्टलाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ।
एमालेले पनि सभामुखको विषयमा छलफल गर्ने प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । आज बस्ने संसद्को बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्थाको बैठक पनि बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेक्सिको सिटीमा ठुलो हुरीबतास: मेक्सिको र इक्वेडरबिचको विश्वकप खेल प्रभावित
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण