बिहे गर्दै छन् ज्याकी भग्नानी र रकुलप्रित
नयाँ दिल्ली । बलिउड अभिनेत्री रकुल प्रित सिंह छिटै बिहे गर्दैछिन् । रकुलले आफ्नो प्रेमी ज्याकी भग्नानीसँग बिहे गर्न लागेकी हुन् । दुबैतर्फ बिहेको तयारी जोडतोडसँग भइरहेको छ । खबरहरूका अनुसार आफ्नो बिहेलाई यी दुवैले निकै गोप्य राख्दै छन् ।
निजी समारोहबिच हुन लागेको बिहेमा पाहुनाले साथमा मोबाइल फोन बोक्न पाउने छैनन् । बिहेको तस्बिरहरू लिक नहोस् भनेर नो फोन पोलिसी अपनाउन थालिएको बताइएको छ ।
२२ फेब्रुअरीमा गोवामा बिहे
रकुल र ज्याकीले गोवामा डेस्टिनेशन वेडिंग गर्न लागेका छन् । बिहेमा दुवै तिरका नजिकका आफन्त र साथीभाइ मात्रै आउनेछन् । प्रि–वेडिंग सेरेमनी २ दिनको हुने बताइएको छ । रकुल आफ्नो निजी जीवनबारे कुराकानी गर्न मन पराउँदिनन् ।
कयौँ महिनासम्म डेट गरेपछि रकुलले सन् २०२२ मा ज्याकीसँगको आफ्नो सम्बन्ध सामाजिक सञ्जालमा पुष्टि गरेकी थिइन् । त्यसयता दुवैले सामाजिक सञ्जालमा एक अर्काको साथमा आफ्नो फोटो शेयर गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका
-
मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण
-
सन्न्यासदेखि विश्वकपको सर्वाधिक गोलकर्तासम्म
-
अशोक राईले दिए नयाँ पार्टी दर्ताका लागि निवेदन
-
जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा
-
हालसम्म को–को नकआउटमा पुगे ? को समूह चरणबाटै घर फर्किए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण