अल्जेरियाविरुद्ध जाेर्डनको अग्रता, राशदानले गरे गोल
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' को खेलमा जर्डनले अल्जेरियाविरुद्ध ३६औं मिनेटमा नजिर अल–राशदानको गोलबाट १–० को अग्रता लिएको छ।
- खेलको सुरुदेखि अल्जेरियाले बल नियन्त्रणमा राखेर आक्रमणको प्रयास गरे पनि जर्डनका गोलकिपर याजिद अबुलाइलाले उत्कृष्ट बचाउ गरेका थिए।
- अल्जेरियाका रायन ऐत–नुरी पेनाल्टी क्षेत्रभित्र बल हातले छोएको विवादास्पद घटनाले खेल केही समय अवरुद्ध बनेको थियो।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा जाेर्डनले अल्जेरियाविरुद्ध अग्रता लिएको छ। खेलको ३६औँ मिनेटमा नजिर अल–राशदानले गोल गर्दै जर्डनलाई १–० को अग्रता दिलाएका हुन्।
खेलको सुरुदेखि नै अल्जेरियाले बढी बल नियन्त्रण राख्दै आक्रमणको प्रयास गरेको थियो। अल्जेरियाका प्रमुख खेलाडी रियाद महरेजले केही खतरनाक अवसर सिर्जना गरे पनि जाेर्डनका गोलकिपर याजिद अबुलाइलाले उत्कृष्ट बचाउ गरेका थिए।
त्यस्तै अल्जेरियाका रायन ऐत–नुरी पेनाल्टी क्षेत्रभित्र बल हातले छोएको विवादास्पद घटनामा परेपछि खेल केही समय अवरुद्धजस्तै बनेको थियो।

तर अल्जेरियाले अवसर सदुपयोग गर्न नसक्दा जाेर्डनले आफ्नो पहिलो विश्वकप सहभागितामै अग्रता बनायो। जर्डनका निजार अल–राशदान ले ३६औँ मिनेटमा निर्णायक गोल गर्दै ऐतिहासिक क्षण दिलाएका हुन्।
दुवै टोली समूह चरणमा पहिलो अंकको खोजीमा छन् र खेल अझै जारी रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
-
‘अमेरिकी कृषि उत्पादन किन्नु पर्ने इरानको कुनै बाध्यता छैन’
-
भक्तपुरमा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी
-
टर्की र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
-
दिउँसो २ बजेदेखि रास्वपाको बन्दसत्र सुरु गर्ने निर्णय, यस्तो छ कार्यतालिका
-
६ वर्षदेखि नीति तथा कार्यक्रममै सीमित रहे सीडीसी, एफडीए र प्राधिकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण