शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
धार्मिक रुट

लुम्बिनी पर्यटन विकास परिषद्‌द्वारा २८३ पर्यटकीय गन्तव्य पहिचान

बिहीबार, २६ पुस २०८०, १६ : ३१
बिहीबार, २६ पुस २०८०

बुटवल । लुम्बिनी पर्यटन विकास परिषद्ले लुम्बिनी प्रदेशका २८३ पर्यटकीय गन्तव्य पहिचान गरेको छ । पर्यटकीय क्षेत्रहरू प्रवर्द्धन र विकास गर्ने उद्देश्यले प्रदेशका १२ वटै जिल्लामा रहेका विभिन्न पर्यटकीय क्षेत्रको पहिचान गरी सूची तयार पारिएको हो ।

प्रदेशका १०९ स्थानीय तह, पर्यटन मन्त्रालय, सरोवारवालासँगको सहकार्यमा परिषद्ले पहिलो चरणमा २८३ पर्यटकीय गन्तव्य पहिचान गरेको लुम्बिनी पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले रातोपाटीलाई बताए ।

उनका अनुसार नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास र प्रवर्द्धन गर्न प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं ग्रामीण पर्यटकीय क्षेत्रलाई पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको हो । नयाँ गन्तव्य थपिएको खण्डमा अर्को चरणमा घोषणा गर्ने परिषद्को योजना छ ।

पर्यटकीय गन्तव्यको सूचीमा नवलपरासीको बर्दघाट नगरपालिका–१२ मा रहेको बुद्धमंगल तालदेखि सुस्ताको वाल्मीकि आश्रमसम्मलाई समावेश गरिएको छ ।

4

रुपन्देहीको बुटवलमा रहेको ग्लोबल पिस पार्क, हिलपार्क, सिद्ध बाबा धाम, मानव पुर्खाको इतिहास भेटिएको रामापिथेकस पार्क, तिलोत्तमास्थित नन्दभाउजू ताल, कुवारवर्ती मन्दिरलाई पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ ।

परिषद्ले सुरुमा ती २८३ पर्यटकीय गन्तव्य जोड्नका लागि लुम्बिनी प्रदेश पर्यटकीय नक्सा निर्माण गर्दैछ । ठाउँठाउँमा होर्डिङ्ग बोर्ड निर्माण गर्ने, पर्यटकीय क्षेत्रको इतिहास एवं महत्त्वबारे थप अध्ययन गरेर प्रचारप्रसार गर्ने काम तत्काल गर्ने योजना रहेको परिषदका कार्यकारी निर्देशक जोशीले रातोपाटीलाई बताए ।

पाल्पाको रानी झरना, सत्यवती मन्दिर, नुवाकोट, गुल्मीको सेल्फी टावर, धुर्कोटको विचित्र गुफा, मदाने लेक, रुकुमपूर्वको गोल्डे झरना, जनयुद्ध संग्रहालय, लावंग बस्तीलाई पर्यटकीय गन्तव्यको सूचीमा राखिएको छ ।

प्रदेश पर्यटन विकास परिषद्ले सूचीमा राखेका २८३ पर्यटकीय गन्तव्य विल्कुलै नयाँ भने होइनन् । ती क्षेत्रमा यसअघि नै पर्यटकीय गतिविधि हुँदै आएका छन् ।

केही प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक महत्त्वका बाबजुद कम पर्यटक आउने गरेका क्षेत्रहरूलाई थप सम्भावना खोजेर सूचीमा समावेश गरिएको बताइएको छ ।

कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न क्षेत्रहरूलाई मुस्लिम रुटको रूपमा विकास गरिने, थारु बस्ती धेरै रहेको जिल्ला दाङ, बाँके, बर्दियालाई थारु रुट, पाल्पा, रुकुम र रोल्पा जिल्लालाई मगर संस्कृतिसँग जोडेर सोही अनुसार रुट तयार गरिने जनाइएको छ ।

परिषद्ले सुरुमा ती २८३ पर्यटकीय गन्तव्य जोड्नका लागि लुम्बिनी प्रदेश पर्यटकीय नक्सा निर्माण गर्दैछ । ठाउँठाउँमा होर्डिङ्ग बोर्ड निर्माण गर्ने, पर्यटकीय क्षेत्रको इतिहास एवं महत्त्वबारे थप अध्ययन गरेर प्रचारप्रसार गर्ने काम तत्काल गर्ने योजना रहेको परिषदका कार्यकारी निर्देशक जोशीले रातोपाटीलाई बताए ।

उनका अनुसार पर्यटकीय रुट निर्धारणको गृहकार्य भइरहेको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका स्थानीय विशेषताको आधारमा छुट्टाछुट्टै पर्यटकीय रुट निर्धारण हुँदैछन् ।

धार्मिक रुट निर्धारण गरेर गुल्मीको रुरु, रेसुङ्गा र स्वर्गद्वारीलाई धार्मिक रुटको रूपमा विकास गरिने छ । कपिलवस्तु, नवलपरासी र रुपन्देहीका विभिन्न क्षेत्रहरूलाई मुस्लिम रुटको रूपमा विकास गरिने, थारु बस्ती धेरै रहेको जिल्ला दाङ, बाँके, बर्दियालाई थारु रुट, पाल्पा, रुकुम र रोल्पा जिल्लालाई मगर संस्कृतिसँग जोडेर सोही अनुसार रुट तयार गरिने जनाइएको छ ।

one

पर्यटनविद् प्राध्यापक डा गितु गिरी लुम्बिनी प्रदेशमा पर्यटकीय सम्भावना निकै भएकाले धार्मिक, सांस्कृतिक, कला सम्बन्धी रुट निर्धारण गरेर काम गर्दा प्रदेशको पर्यटन विकासमा थप मद्दत पुग्ने बताउँछन् ।

आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले लुम्बिनीमा रहेका सानोसानो क्षेत्रलाई अझै पर्यटन मैत्री बनाउनका लागि गन्तव्य सूचीले महत्त्वपूर्ण काम गर्ने रातोपाटीलाई बताए । ‘यी पर्यटकीय गन्तव्यहरूको विकासले ती ठाउँका मानिसको व्यापारमा वृद्धि, रोजगारी बढाउने छ,’ उनले भने, ‘त्यसको प्रभाव स्वाभाविक रूपमा प्रदेशमा पर्छ ।’

three

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप