सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टेलिकमको विन्टर अफरमा आकर्षक प्याकहरु उपलब्ध हुने

बिहीबार, २६ पुस २०८०, १७ : ०६
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । नेपाल टेलिकमले शुक्रबारदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ ।  जस अन्तर्गत विभिन्न आकर्षक प्याकहरु उपलब्ध हुने टेलिकमले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

टेलिकमका अनुसार यस अघि उपलब्ध भइरहेको फोरजी डाटा अफरलाई अझै आकर्षक बनाइएको छ । यस अनुसार १ दिनको समयावधिका  लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुनेछ । 

यस्तै स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुने प्रवक्ता शोभन अधिकारीले जानकारी दिए । 

यसअघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका विभिन्न आकर्षक प्याकहरु समेत अफरमा उपलब्ध  हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ । 

विन्टर अफर अन्तर्गतका विभिन्न प्याक प्राप्त गर्नका लागि ग्राहकले 1415*1#  डायल गर्नुपर्ने अधिकारीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप