भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
बुधबार, २४ वैशाख २०८२, १० : १४
काठमाडौँ । भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गल्ती नगर्न दुवै देशलाई आग्रह गरेका छन् । सैन्य आक्रमण कुनै समाधान नभएको उनको भनाइ छ ।
उनले दुवै देशका सरकार र जनताप्रति सम्मान व्यक्त गर्दै संयुक्त राष्ट्र शान्ति स्थापनामा उनीहरूको महत्त्वपूर्ण योगदान रहेको बताए । अहिले सम्बन्ध बिग्रिएको देख्दा पीडा महशुस भएको उनको भनाइ छ ।
नागरिकहरूलाई निशाना बनाउनु गैरजिम्मेबारपन भएको भन्दै उनले जिम्मेवारहरूलाई विश्वसनीय र कानूनी माध्यमबाट न्यायको कठघरामा ल्याउनुपर्ने माग गरे । अप्रिल २२ मा भारत नियन्त्रित कश्मीरको पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणपछि भारत र पाकिस्तानबिच तनाव बढेको छ । यसै क्रममा पाकिस्तानको विभिन्न स्थानमा गएराति भारतले आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण