आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले सुशासन र रोजगारीको माग पुरा गराउन दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ ।
मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलनको दोस्रो चरणका कार्यक्रमहरू केन्द्रीय कार्यालयले तयार गरी घोषणा गर्ने निर्णय गरेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
त्यस्तै बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसदमा छलफल भइरहेको सरकारको नीति तथा कार्यक्रम, आन्दोलनका दोस्रो चरणका कार्यक्रम निर्धारण, पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल भएको छ ।
एकीकृत समाजवादीले सञ्चालन गरेको पहिलो चरणको आन्दोलन सफल भएको निष्कर्ष निकालेको छ । ‘पहिलो चरणको आन्दोलन वामअर्प थियो’, ज्वालाले भने, ‘अब जनसहभागितामा आन्दोलन गर्छौ र आन्दोलनको स्वरूप पनि परिवर्तन गर्छौ ।’
उनले पहिलो चरणको आन्दोलनले कार्यकर्ताहरूमा उत्साह र गति प्रदान गरेको भन्दै पार्टीले अघि सारेका सुशासन र रोजगारीका एजेन्डा कार्यान्वयनका लागि दबाब दिने बताए ।
‘हामीले माग जे पेस गरेका छौ ती माग कार्यान्वयनका लागि सशक्त कार्यक्रम अघि ल्याउँछौ’, ज्वालाले भने, ‘जनसहभागितामा धर्ना, जुलुस र जनपरिचालनलगायतका कार्यक्रम आउँछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण