अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
काठमाडौँ । निर्देशक शोभित बस्नेतको सिनेमा ‘पीआर’ को दोस्रो सेड्युल धम्पुसबाट सुरु भएको छ। अस्ट्रेलियामा ६० प्रतिशत छायाङ्कन गरेको निर्माण टिमले बाँकी दृश्य कास्कीको धम्पुसबाट थालेको हो।
सोमबार निर्माण टिमले सिनेमाको एक दृश्य बिहेको खिचेको छ। जहाँ दिक्पाल कार्की,नीर शाह,गौरी मल्ल,विनीता कार्कीलाई देख्न सकिन्छ।
निर्देशक बस्नेतले सिनेमाको ६० प्रतिशत अस्ट्रेलियामा र बाँकी दृश्य नेपालमा खिच्ने सेड्युल अनुसार नै काम भइरहेको बताए। उनले यतिबेला कास्कीको धम्पुसमा धमाधम छायाङ्कन भइरहेको समेत जानकारी दिए। उनका अनुसार यो सिनेमाको छायाङ्कन धम्पुसका अलवा पोखरा,चितवन लगायतका ठाउँमा समेत खिचिने छ।
फिल्मको कथा अनुसार नै सिनेको छायाङ्कन भइरहेको समेत निर्देशक बस्नेतले जानकारी दिए। केहि दिनअघि मात्रै उनी अस्ट्रेलियामा सिनेमाको छायाङ्कन सकेर नेपाल आएका हुन्।
सलोन सलिना फिल्मसको व्यानरमा निर्माण भइरहेको यस सिनेमामा नीर शाह,गौरी मल्ल,रवीन्द्र खड्का,उत्तम केसी,आर ए सुरज पौडेल, राजन कुँवर,विनीता कार्की,पूजा चौधरी विमला खत्री आस्मा अधिकारी, कुशल थापा,गणेश बुढाथोकी कृष्ण थापा,म्याक्स र नवीन घायल लगायतको अभिनय रहने छ।
यस सिनेमामा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्माता रहेका छन्। सिनेमामा मानस राज र भीम बिसीको सङ्गीत,रामजी लामिछानेको नृत्य,निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ।
त्यसै गरी सिनेमामा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल)को छायाङ्कन र बन्दे प्रसादको सम्पादन, मुख्य सहायक निर्देशकमा रामजी राउत गणेश बुढाथोकी मणि तामाङ भने केवल मान सिंह बस्नेत को निर्माण व्यवस्थापक रहने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण