साताको सेयर बजार : परिसूचक ३९ अंकले बढ्दा २५ अर्ब बढीको कारोबार
काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९.७१ अंक बढेको छ । सातामा दुई दिन घट्दै तीन दिन बढेको नेप्से समग्रमा १.९४ प्रतिशत बढेर बन्द भएको हो । १.९४ प्रतिशत घटेसँगै यो साता परिसूचक २०८८.९९ अंकमा पुगेर रोकिएको छ । जबकि, यो साता २०४९ अंकबाट कारोबार सुरु भएको थियो ।
सातामा ५ दिन कारोबार भएको नेप्से परिसूचक आइतबार २६.३६ अंकले घटेको थियो । यस्तै, साताको अन्तिम दिन अर्थात बिहीबार ०.६२ अंकले परिसूचक खुम्चेको थियो । यसबाहेक, सोमबार ३६, मङ्गलवार २० र बुधवार ९ अंकले परिसूचक बढेको थियो ।
परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ । गतसाता २२ अर्ब ७० करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेमा यो साता २५ अर्ब ५० करोड रुपैयाँको कारोबार भएको छ । यो औसतमा दैनिक ५ अर्ब १० करोड रुपैयाँभन्दा बढीको कारोबार हो ।
यस्तै, नेप्सेको कूल बजार पुँजीकरण समेत बढेको छ । ३.०७ प्रतिशतले बजार पुँजीकरण बढेसँगै ३२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । गत साता नेप्सेको पुँजीकरण ३१ खर्ब ८३ अर्ब रुपैयाँ थियो । नेप्सेको बजार पुँजीकरणमा ९७ अर्बको वृद्धि आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइतबार यी राशिहरुका लागि शुभ, हेर्नुहाेस् राशिफल
-
भिनिसियसको गोलमा ब्राजिलको कमब्याकः मोरक्कोसँगको पहिलो हाफ १–१ को रोमाञ्चक बराबरीमा
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
भिनिसियस जुनियरको गोलमा ब्राजिलको पुनरागमन
-
ब्राजिलविरुद्ध मोरक्कोको सुरुवाती अग्रता, २१ औँ मिनेटमा साइबारीको गोल
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण