बुढेसकालको पीडा बोल्ने गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक
आइतबार, २९ पुस २०८०, ११ : २३
काठमाडौँ । आमा–बाबुको सपना बुढेसकालको सहारा छोरा । तर त्यही छोराले आमाबाबुलाई गरेको अपहेलनाको कथा समाजमा छरपस्ट छन् । त्यस्तै कथा बोकेको गीत ‘निक्लेर जा भन्छ छोराले’ सार्वजनिक भएको छ । राजनराज शिवाकोटीको शब्द, सङ्गीत रहेको गीतमा राजनराज, टिका पुन र रिता केसीको स्वर छ ।
गीतको भिडियो विभोर पोख्रेलले निर्देशन गरेका छन् । रेबेल क्रियशनको प्रस्तुतिमा गगनलाल प्रधानले निर्माण गरेको भिडियोमा हिउँवाला गौतम, सुवाससिंह ठकुरी, कृतिशा केसी, दीपिका भट्ट, सुनिल बुढाथोकी र खेम नेपालीको अभिनय छ । बालकलाकारको रूपमा अस्लिशा लोहनी र दिव्यांश सिग्देलले अभिनय गरेका छन् ।
वृद्धाश्रम पुगेपछि आमाको माया महसुस गरेका छोराको कथा देखाइएको भिडियोमा विशाल थापाको छायाङ्कन, नहकुल खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण