शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

डिसेम्बरमा भारतको खुद्रा मुद्रास्फीति बढेर ५.६९ प्रतिशत पुग्यो

आइतबार, २९ पुस २०८०, १३ : २०
आइतबार, २९ पुस २०८०

भारत । भारतको खुद्रा मुद्रास्फीति डिसेम्बर २०२३ मा बढेर ५.६९ प्रतिशत पुगेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । 

सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार डिसेम्बर २०२३ मा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ । नोभेम्बर २०२३ मा, सिपिआई ५.५५ प्रतिशत थियो । डिसेम्बरमा खुद्रा मुद्रास्फीतिमा भएको वृद्धि मुख्यतया केही खाद्य वस्तुको मूल्यमा भएको वृद्धिको कारण हो ।

यसैगरी भारतको कारखाना गतिविधि वृद्धि नाभेम्बर २०२३ मा २.४ प्रतिशतले बढेको छ । तथ्यांकअनुसार सन् २०२३ नोभेम्बर महिनामा खानी, उत्पादन र विद्युत क्षेत्रको औद्योगिक उत्पादनको सूचकाङ्क क्रमशः १३१.१, १३९.२ र १७६.३ रहेको छ । प्रयोगमा आधारित वर्गीकरण अनुसार, नोभेम्बर २०२३ महिनाको लागि सूचकाङ्कहरू प्राथमिक वस्तुहरूको लागि १४३.८, पूँजीगत वस्तुहरूको लागि ९८.०, मध्यवर्ती वस्तुहरूको लागि १५१.४ र पूर्वाधार÷निर्माण वस्तुहरूको लागि १६४.१ मा रहेको आधिकारिक तथ्याङ्कले देखाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप