नुवाकोटको तारुकामा गोरु जुधाएर रमाइलो, तस्बिरमा हेर्नुहोस्
तारुका । विगतका वर्षहरूमा जस्तै यस वर्षपनि नुवाकोटको तारुकामा गोरु जुधाइ कार्यक्रम आयोजना गरिएको छ । तारकेश्वर गाउँपालिका वडा नम्बर २ स्थित तारुकामा यस वर्ष १७ हल गोरु जुधाउन दर्ता भएको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
गोरु जुधाउनका लागि मदन श्रेष्ठको अध्यक्षतामा आयोजक समिति बनाइएको थियो । सोही समितिमा दर्ता भएका गोरुहरू सोमबार जुधाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । गोरु जुधाइ मेला हेर्नका लागि आसपासका जिल्लाका साथै टाढा टाढाबाट समेत आउने गरेको श्रेष्ठको भनाइ छ ।
_rboihox4nV.jpg)
स्थानीय बारीको पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि नयाँ प्रतियोगिताका रूपमा परिचित छ । यहीको गोरु जुधाइलाई अनुसरण गर्दै अहिले नुवाकोटसहित देशका विभिन्न स्थानमा गोरु जुधाउन थालिएको भए पनि उपयुक्त स्थान, आकर्षक गोरु, रोमाञ्चक प्रतिस्पर्धा, ऐतिहासिक महत्वलगायतका कारण तारुकाको गोरु जुधाइको आकर्षण र महिमा सबैभन्दा उत्कृष्ट रहेको बताइँदै आएको छ ।
_JIymY9CTdV.jpg)
तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलो पटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने बूढापाका बताउँछन् ।
_79koN1mSoC.jpg)
त्यतिबेलादेखि नै हरेक वर्ष माघेसङ्क्रान्तिको दिन यो चलनलाई निरन्तरता दिँदै आएको बताइन्छ । यद्यपि यसको लिखित प्रमाण भने कतै भेटिँदैन । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर विसं २०६२ देखि समितिमार्फत जुधाइँदै आएको छ ।
_RwEASETLWD.jpg)
_tJ8MarZP5W.jpg)
_qIRlyVEfEj.jpg)
_3br5kgCwbt.jpg)
_2DRouAZ2fK.jpg)
_7fZrfkEyyJ.jpg)
_DFXrp7XGJw.jpg)
_j3tmCcUlQt.jpg)
_tQDEsyuFNi.jpg)
_9y7epJf1s6.jpg)
_dgK5vLTfMm.jpg)
_aDQfyVgakT.jpg)
_L24DB64opv.jpg)
_KCMXSmHqqD.jpg)
_ZINrSNc7Ti.jpg)
_5eUMSoVP0u.jpg)
_GF1dbPAD0L.jpg)
_34G9F0LQDc.jpg)
_SKwgCjUlhB.jpg)
_WO9K7YCCNU.jpg)
_YGPG32V9Et.jpg)
_aFh0xFAZNc.jpg)
_lPZNZvzoFK.jpg)
_B57HPql6qa.jpg)
_CfiFBpv6xo.jpg)
_xTERvzH1Ea.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण