सामान चोरीको आरोप लागेपछि न्यूजिल्याण्डकी सांसदले दिइन् राजीनामा
काठमाडौँ । न्यूजिल्याण्डकी एक सांसदले पदबाट राजीनामा दिएकी छिन् । ग्रीन पार्टीकी सांसद गोलरिज गाहरमनमाथि पसलबाट सामान चोरेको आरोप लागेपछि राजीनामा दिएकी हुन् । प्रहरीले उक्त घटनाको छानबिन भइरहेको जनाएको छ ।
सांसद गाहरमनमाथि दुई कपडा पसलमा तीन पटक सामान चोरी गरेको आरोप लागेको थियो । यी मध्ये एउटा पसल अकल्याण्डमा र अर्को वेलिंगटनमा अवस्थित छन् ।
मंगलबार सिसिटिभी फुटेज सार्वजनिक भएपछि उनको राजीनामा आएको हो । सिसिटिभी फुटेजमा,उनले अकल्याण्ड बुटीकबाट डिजाइनर ह्यान्डब्याग लिएको सार्वजनिक भएको थियो ।
संयुक्त राष्ट्र संघका पूर्व मानवअधिकार अधिवक्ता समेत रहेकी गाहरमनले सन् २०१७ को संसदीय निर्वाचन जितेर इतिहास रचेकी थिइन् । उनी न्युजिल्याण्डको संसदमा निर्वाचित पहिलो शरणार्थी थिइन् । उनले एकपटक आफ्नो पार्टीको न्याय विभाग पनि सम्हालिसकेकी छिन् ।
गाहरमन बाल्यकालमा परिवारसहित इरानबाट त्यहाँ पुगेकी हुन् । उनको परिवारलाई न्यूजिल्याण्डमा राजनीतिक शरण दिइएको थियो ।
हालै गाहरमन प्यालेस्टाइन समर्थक आन्दोलनमा सहभागी भएकी थिइन् । ग्रीन पार्टीको विदेश मामिला र मानव अधिकार प्रवक्ताको रूपमा, उनले गाजामा हमास विरुद्धको युद्धमा इजरायलको सैन्य कारबाहीको पनि निन्दा गर्दै आएकी थिइन् । यसका लागि उनले चर्को आलोचना पनि बेहोर्नुपरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानद्वारा अमेरिकी आक्रमणको जवाफी आफमण
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण