त्रिभुवन विश्वविद्यालय ध्वस्त पार्न केही समूह नियोजित रूपमा लागेका छन् : उपकुलपति डा.भुसाल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले केही बाहिरी समूह विश्वविद्यालयलाई नियोजित रूपमा ध्वस्त पार्न लागिपरेको आरोप लगाएका छन् । बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा सांसदहरूले सोधेको प्रश्नमा त्रिविप्रति नकारात्मक भाष्य निर्माण गर्ने काम भइरहेको बताएका हुन् ।
उपकुलपति भुसालले भने, 'केही समूह नियोजित ढङ्गले त्रिविलाई खुइल्याउन लागेका छन् । यसलाई ध्वस्त नपारेसम्म अर्को विश्वविद्यालय खोल्न सकिँदैन भनेर नियोजित ढङ्गले लागेका छन् । केही विश्वविद्यालय खुल्ने पाइपलाइनमा रहेको पनि थाहा पाएकाे छु ।'
उनले अहिले विदेश जाने लहर चलेकोले त्यसको सबै दोष त्रिविलाई लगाउन नहुने बताए । त्रिविमा विद्यार्थी घटेको भनेर मिडियामा अनावश्यक हल्ला चलाइएको बताउँदै अहिले ३० हजार विद्यार्थीले पढिरहेको जानकारी गराए । उनले विद्यार्थीले पढ्ने विषयमा रुचि फेरिएको बताउँदै मानविकी लगायतमा विद्यार्थी कम भए पनि अहिले विद्यार्थीहरू व्यवस्थापन र आईटी विषयमा धेरै रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण