माघ २४ गतेसम्म मस्यौदामाथि लिखित सुझाव दिन मातहतका कमिटीलाई माओवादीको निर्देशन
काठमाडौँ । माओवादी केन्द्रको प्रस्तावित मस्यौदा विधानमाथि माघ २४ गतेसम्म आफ्ना सुझाव र सल्लाह पठाउन पार्टीले निर्देशन दिएको छ । शनिबार केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकको निर्णय अनुसार लिखित रूपमा सुझाव केन्द्रीय कार्यालयमा पठाउन मातहतका कमिटीलाई परिपत्र जारी गरेको हो ।
उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको ‘मस्यौदा विधान–२०८०’ माथि माघ २१ सम्म छलफल गर्न वडा, पालिका, जिल्ला र प्रदेशमा पठाइएको छ । विधान अधिवेशनको लागि प्रतिनिधित्वको व्यवस्था समेत तोकिएको छ ।
केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज.व.स.÷मोर्चाका प्रमुखहरू विधान अधिवेशनका प्रतिनिधिहरू विधान अधिवेशनका लागि प्रतिनिधि तोकिएका छ ।
मस्यौदामाथि आएका सुझावलाई माघको अन्तिम सता बस्ने स्थायी समिति बैठकले परिमार्जन सहित पारित गर्नेछ । माओवादीले फागुन १ गतेदेखि ३ गतेसम्म राजधानीको प्रज्ञा भवनमा विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
-
सरकारी विद्यालय सुधार्दै मध्यपुरथिमि : 'बुक फ्रि डे' देखि विद्यार्थीको दुर्घटना बिमासम्मका जनमुखी कार्यक्रम
-
काँधमा भारी, साथमा वस्तुभाउ: बर्खा छल्न र चरनका लागि लेक उक्लिँदै गोठाला
-
सीमा क्षेत्रको बाँध अग्लो बनाउँदा, गौर डुबानको जोखिममा
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण