शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरका यी स्थानमा शुक्रबार विद्युत् सेवा अवरुद्ध हुने

बिहीबार, ०४ माघ २०८०, १९ : २०
बिहीबार, ०४ माघ २०८०

काठमाडौँ । ललितपुरका विभिन्न क्षेत्रमा शुक्रबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण सूचना जारी गर्दै शुक्रबार बिहान १० देखि दिउँसो ४ बजेसम्म ललितपुरका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो । 

प्राधिकरण अनुसार चापागाऊ फिडर पाटनले चिवहाल गेटदेखि सिमाको चोकसम्म चापागांऊ फिडरको लाइनमा कम्पोजिट फिडर तान्ने कार्य गर्नुपर्ने भएकाले विद्युत् सेवा बन्द हुनेछ ।  

विद्युत् सेवा गोदावरी नगरपालिकाको वडा नम्बर ११, १२ १३, ५ र ६ लेले, टिकाभैरव, नल्लु चापागाउ, टाखेल, ठेचो, झरुवारासि लगायतका स्थानहरुमा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ । 

b

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप