राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि निर्विरोध
काठमाडौँ । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको अध्यक्षमा चन्द्रमणि गौतम निर्विरोध चयन भएका छन् । शनिबार आयोजित संस्थाको पाँचौँ अधिवेशनबाट चन्द्रमणि गौतमको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । यसअघि अध्यक्षमा हरि बल्लभ नेपाल रहेका थिए ।
अधिवेशनले संस्थाको वरिष्ठ उपाध्यक्षमा सुदर्शन प्रसाद आचार्य, उपाध्यक्षमा हरि प्रसाद दुलाल, सचिवमा कमल चौलागाई, सहसचिवमा शिवराम भण्डारी, कोषाध्यक्षमा शरणप्रसाद हुमागाई र सह कोषाध्यक्षमा कल्पना रेग्मी चयन गरेको हो ।
त्यस्तै, सदस्यहरूमा गोपिकृष्ण चापागाई सविता पोखरेल, तुल बहादुर परियार, शिखर जंग श्रेष्ठ, करिस्मा केसी, विनीता कुँवर क्षेत्री, कविराज ढकाल, बाबुराम सिग्देल चयन भएका छन् ।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल २०६५ मा गोविन्द गिरीको अध्यक्षतामा गठन भएको थियो । कार्यक्रममा कलाकार श्रीप्रसाद थापा, चलचित्र पत्रकार संघका केन्द्रीय उपाध्यक्ष कुबेर गिरी, संगीत पत्रकारसंघका अध्यक्ष सुमन बैरागी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ कार्यव्यवस्था समिति नबन्दा सभामुखले बोलाए प्रमुख सचेतकहरूको बैठक
-
रविको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै
-
पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : देशका केही स्थानमा वर्षा र हिमपात, तराईमा तातो हावा
-
पूर्वाधार विकासको प्रतीक्षामा दोमुख
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
बिमा रकम भुक्तानी सहजतातर्फ, विगतको बक्यौता क्रमशः पठाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण