गायिका पल्मुले ल्याइन् ‘मकालु शेर्पा गाउँ’
आइतबार, ०७ माघ २०८०, १२ : २६

काठमाडौँ । केही दिनअघि ‘हिमाली छोरी’ बोलको गीतको भिडियो दर्शक, श्रोतामा ल्याएकी गायिका पल्मु शेर्पाको अर्को गीत ‘मकालु शेर्पा गाउँ’ सार्वजनिक भएको छ । गीतमा पल्मुलाई दावा लामा शेर्पाले स्वरमा साथ दिएका छन् । गीतमा जीवन बमजनको शब्द तथा सङ्गीत छ ।
गीतको भिडियो पनि बनेको छ । जसको छायाङ्कन सिन्धुपाल्चोकको भोटेकोसी आसपासमा गरिएको छ । भिडियोमा लाक्पा शेर्पा, दावा लामा शेर्पा, पासाङ डी शेर्पा लगायतको अभिनय छ ।
भिडियोको निर्देशन सर्जु राईले गरेका हुन् । भिडियो गायिका शेर्पाको अफिसियल युटूव च्यानलमार्फत सार्वजनिक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवागढीबाट दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात
-
१५ औँ राष्ट्रपति रनिङ शिल्ड : सुदूरपश्चिमको छात्र टोलीको विजयी सुरुवात
-
अस्ट्रियाको विद्यालयमा गोलाबारी, मृत्यु हुनेको संख्या ११ पुग्यो
-
लस एन्जलसमा आंशिक कर्फ्युको घोषणा
-
तस्बिरमा हेर्नुहोस् राजा श्रीनिवास मल्लको सिंहासन
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची