नेपाल लाइफले लगानीकर्तालाई लाभांश नदिने
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने प्रस्ताव गरेको छ । आइतबार अबेर बसेको कम्पनीको सञ्चालक समितिको ३६७औँ बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले नेपाल सरकारलाई प्राप्ति तथा मर्जर र एफपीओबापतको कर बुझाएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत विगतमा प्रिमियममा सेयर बिक्री गरेका कम्पनीहरू कर उठाउने घोषणा गरेको थियो । यस्तै, विगतमा मर्जर र प्राप्ति गरेबापतको कर समेत दाखिल गर्नुपर्ने व्यवस्था अर्थमन्त्री डा. प्रकाश शरण महतले गरेका थिए ।
सो व्यवस्था विरुद्ध १६ वटा बैंक तथा वित्तीय संस्था सर्वोच्च अदालत पुगेका थिए । अदालतले सरकारको निर्णय सदर गरेसँगै नेपाल लाइफ इन्स्योरेन्सले राज्य कोषमा १ अर्ब २ करोड ६७ लाख रुपैयाँ दाखिल गरेको थियो । सरकारलाई कर बुझाएपछि गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण गर्न नसक्ने स्थितिमा कम्पनी पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण