को हुन् लुम्बिनी प्रदेशबाट निर्वाचित झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा ?
बुटवल । लुम्बिनी प्रदेशमा बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनतर्फका उम्मेदवार झक्कुप्रसाद सुवेदी र विष्णुकुमारी सापकोटा विजयी भएका छन् । यसअघि एमालेले जितेको सिटमा अहिले माओवादीका सुवेदी आएका हुन् भने कांग्रेसले आफ्नो सिट सुरक्षित गरेको हो ।
अन्य कलस्टरबाट सुवेदीले पाँच हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका झपेन्द्रबहादुर जीसीले ३०३९ मत भार प्राप्त गरे भने जनमत पार्टीका बालगोविन्द चौधरीले २५० मत प्राप्त गरे ।
को हुन् सुवेदी ?
६१ वर्षीय झक्कुप्रसाद सुवेदी सुनील स्मृती गाउँपालिका–६ रोल्पा निवासी हुन् । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा काठमाडौँ– २ बाट तत्कालीन एमाले महासचिव माधवकुमार नेपाललाई एक हजार ५३३ मतातन्तरले पराजित गरी सुवेदी चर्चामा आएका थिए ।
काठमाडौँ– २ मा खसेको जम्मा मत (३७,७२७)मध्ये सुवेदीले १३ हजार ८५८ मत प्राप्त गर्दा नेपाललाई १२ हजार ३२५ मत प्राप्त भएको थियो ।
सुवेदी गाविस अध्यक्ष हुँदै २०४९ सालमा जिल्ला विकास समिति रोल्पाको सभापति समेत भएका थिए । २०७४ को निर्वाचनमा सुवेदी वाम गठबन्धनका तर्फबाट काठमाडौँ– ६ को उम्मेदवार रहेका सुवेदीलाई कांग्रेसका भीमसेनदास प्रधानले हराएका थिए ।
संविधानसभा सदस्य भएर काम गरेका सुवेदीले आफ्नो अनुभव राष्ट्रियसभामा प्रस्तुत गर्ने बताएका छन् ।
को हुन् सापकोटा ?
सत्ता गठबन्धनका तर्फबाट निर्वाचित विष्णुकुमारी सापकोटाले पाँच हजार ४३५ मतभार प्राप्त गर्दा प्रतिद्वन्द्वी एमालेकी तुलसा केसीले २,८६७ मतभार प्राप्त गरेकी छन् ।
२०३६ सालमा नेविसंघ गुल्मी जिल्ला सदस्य, २०५७ मा नेविसंघ केन्द्रीय सदस्य, नेपाल महिला संघ गुल्मी जिल्ला सभापति (२०६३–२०७४) हुँदै राजनीतिमा सक्रिय ५६ वर्षीया सापकोटाले राष्ट्रिय सभामा सामाजिक मुद्दा उठाउने बताएकी छन् ।
२०७४ को अधिवेशनमा गुल्मी पार्टी सचिव भएकी सापकोटा २०७४ को स्थानीय तह निर्वाचनमा उपमेयरमा झिनो मतले पराजित भएकी थिइन् ।
सबै दलका महिला अधिकारकर्मीहरूको साझा सङ्गठन महिला लोकतान्त्रिक सञ्जालको समेत नेतृत्व गरेकी सापकोटाले एलएलबी सम्मको अध्ययन गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण