हुण्डी कारोबारमा संलग्न दुई जना काठमाडौँबाट पक्राउ
काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौँ महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई रहेका छन् ।
युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौँ महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रुपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ ।
उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौँबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण