बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हुण्डी कारोबारमा संलग्न दुई जना काठमाडौँबाट पक्राउ

शनिबार, १३ माघ २०८०, ०६ : ३७
शनिबार, १३ माघ २०८०

 काठमाडौँ । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाईं र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौँ महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई  रहेका छन्  । 

युवराजको घरमा अवैध रूपमा नेपाल राष्ट्र बैंकबाट अनुमति नलिई रकमको हुण्डी कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंजबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धान गर्ने क्रममा काठमाडौँ महानगरपालिका-६ बौद्ध नयाँबस्तीस्थित विश्वासको सटर कोठाबाट नगद ३० लाख १८ हजार रुपैयाँ, ल्यापटप २ थान र मोबाइल ५ थान बरामद गरेको छ । 

उनीहरू उपर जिल्ला अदालत बबरमहल काठमाडौँबाट नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुरमा म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप