दाङमा घरको छतबाट खसेर किशोरीको मृत्यु
शनिबार, १३ माघ २०८०, १५ : ०७

बुटवल । दाङको तुलसीपुरमा घरको छतबाट खसेर किशोरीकोको मृत्यु भएको छ । घरको छतबाट खसेर घाइते भएकी किशोरीको उपचारका लागि बाँकेतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरपालिका– ५ रानी जरुवाकी १८ वर्षीय कमला केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार कमला आफ्नै एक तले घरको छतबाट खसेर शक्त घाइते भएकी थिइन । घाइते केसीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो ।
तुलसीपुरमा उपचार सम्भव नभएपछि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको हो । तर उनको बाटाेमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी निरीक्षक मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौँ : मन्त्री पौडेल
-
सुनकोशी नदीमा माछा मारेर जीविकोपार्जन गर्दै स्थानीय (तस्बिरहरू)
-
आईएमआर बन्यो आईरिस सर्टिफिकेट पाउने नेपालको पहिलो मेनपावर कम्पनी
-
शोकमा साथ दिँदै सुन्दरबजार नगरपालिका
-
‘देश त हाम्रो हो, तर राज्य हाम्रो हुन सकेन’
-
अनेरास्ववियुको निर्वाचन कार्यतालिका सार्वजनिक, बुधबार मतदान हुने