सिमरा सेज शिलान्यास भएको ६ वर्षपछि उद्योगको उद्घाटन
बारा । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको विशेष आर्थिक क्षेत्र प्राधिकरण सिमरा सेजमा ६ वर्षपछि उद्योगको उद्घाटन गरिएको छ । २०७४ चैत १८ गते तत्कालीन प्रधानमन्त्री ओलीले सिमरा गार्मेन्ट प्रशोधन क्षेत्रको रूपमा शिलान्यास भएको सिमरा सेजमा ठुलो उताब चढावका बिच शनिबार पहिलो उद्योगको उद्घाटन गरिएको हो ।
व्यापार घाटा कम गर्ने र स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले विशेष आर्थिक क्षेत्र सेजको स्थापना गरिएको छ । सिमरा सेजलाई गार्मेन्ट उद्योगका रूपमा विकास गर्ने भनिएपनि पछि ऐन संशोधन गरेर सबैखाले उद्योगलाई प्रवेश खुला गरिएको थियो ।
शनिबार उद्योगी गुड्डु श्रीवास्तवले लक्ष्मी ग्रेनाइट इन्ड्रस्टिज उद्योग स्थापना गरी सञ्चालनमा ल्याएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणका इञ्जिनियर अर्जुन पाण्डेले एक कार्यक्रमका बिच उद्योगको उद्घाटन गर्दै लामो समयदेखि सिमरा सेजलाई उद्योग मैत्री वातावरण बनाउने र निर्यातमूलक उद्योगहरुको प्रवर्द्धन गर्ने उद्देश्यले काम भइरहेकोले उद्योग सञ्चालन गर्न सम्भव भएको बताएका छन् ।
५ वटा ब्लकहरु रहेको सिमरा सेजमा हाल ए ब्लकको ३४३ बिगाहा क्षेत्रफल मध्ये १६५ बिगाहा जग्गामा उद्योगका संरचनाहरु निमार्ण भइरहेका छन् ।
सेजले उद्योगका लागि आवश्यक भौतिक संरचनाहरु बैंक, बिमा, विद्युत् खानेपानी, भन्सार, सडक, नाला लगायतका सम्पूर्ण भौतिक संरचनाहरु बनाएर उद्योगीलाई खाली जग्गा भाडामा लगाउने गर्दछ ।
गुडु श्रीवास्तवले करिव ५ महिनामा ११ देखि १२ करोड लगानीमा उद्योग स्थापना गरेको बताएका छन् । उद्योग सञ्चालक गुडुले ३० देखि ३५ जनालाई रोजगारी दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
-
रूपान्तरणको हाइवे कि विरोधाभासको सुरुङ ?
-
तिङ्करको १ नम्बर सीमा स्तम्भमै अभिनेता खड्काको पुस्तक विमोचन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण