गायक राहत फतेह अली खानले नोकरलाई चप्पलले पिटेपछि...
इस्लामावाद । पाकिस्तानी गायक राहत फतेह अली खानबारे सनसनीपूर्ण समाचार बाहिर छ । ट्विटरमा तीव्र रुपमा भाइरल भइरहेको एउटा भिडियोमा गायकले आफ्नो एक नोकरलाई चप्पल हानिरहेका देखिन्छन् ।
टेबलमा राखेको रक्सीको बोतल कहाँ गयो भनेर गायकले सोधिरहेको सुनिन्छ । यो भिडियो देखेपछि पाकिस्तानी सर्वसाधारणले गायकको व्यापक आलोचना गरिरहेका छन् ।
भिडियोमा गायकले नोकरको कपाल समातेका छन् । हातमा चप्पल समातेर टाउकोमा धमाधम हान्छन् । नोकर भागेर पर पुगे पनि उनले छाड्दैनन । रक्सीको बोतल कहाँ गयो भन्ने जवाफ नआएपछि उनले पुनः नोकरको कपाल भुत्लाएर पिट्न थाल्छन् । पिटाइ सहन नसकेर उनी ढल्छन् । त्यहि उभिएका अन्य व्यक्तिले उसलाई समातेर उठाइदिन्छन् । तर गायकले पिट्न छाड्दैनन् ।
सामाजिक सञ्जालमा यो भिडियो व्यापक शेयर हुन थालेपछि गायकले पिटाइ खाएकै नोकरसँग एउटा भिडियो शेयर गरेका छन् । त्यो भिडियोमा गायकले नोकरसँग माफी माग्दै उस्ताद र शिष्यको आपसी मामिला भएको बताएका छन् । पिटाई खाएका व्यक्ति (नोकर) ले पनि आफ्नो उस्तादलाई बदनाम गर्ने कोशिश गरिएको बताएका छन् ।
अघिल्लो भिडियो हेरेर भड्किएका मानिसहरु दोस्रो भिडियो देखेर झनै चिढिएका छन् । केहिले त झुठो बोलेर आफूहरुलाई पागल बनाउने कोशिश गरेको आरोप समेत गायक खानलाई लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण